Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सवारी दुर्घटनामा घाइते भएका राप्रपा नेता जीवन श्रेष्ठको निधन


3.6K
Shares

सवारी दुर्घटनामा घाइते भएका राप्रपा नेता जीवन श्रेष्ठको निधन

काठमाडौं, २२ जेठ । सवारी दुर्घटनामा परेर घाइते भएका राप्रपा खोटाङका पूर्वअध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ।

गत शुक्रबार दिक्तेल बजारस्थित घर नजिकै मोटरसाइकलको ठक्करबाट उहाँ गम्भीर घाइते हुनु भएको थियो।

टाउको र छातिमा गम्भीर चोट लागेका उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

५८ वर्षीय श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पतालमा आज बिहान निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो। श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

श्रेष्ठले १५ वर्षभन्दा लामो समय राप्रपा खोटाङको अध्यक्ष भएर काम गरेका थिए।

श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology