Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

रोहिणी बस दुर्घटना :  मृतक मध्ये ६ जनाको खुल्यो पहिचान


3.4K
Shares

रोहिणी बस दुर्घटना :  मृतक मध्ये ६ जनाको खुल्यो पहिचान

 बुटवल, २२ जेठ । रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस दुर्घटनामा परी  मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ। बाँकी तीन जनाको पहिचान खुलेको छैन।

बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४  मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिका ९ की तुल्सी बस्याल र भारतीय नागरिक अरविन्द्र शर्माको मृत्यु भएको छ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ।

नौ जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने  प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology