Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि विरोध प्रदर्शन


3.8K
Shares

गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि विरोध प्रदर्शन

पोखरा, २० जेठ । गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन भएको छ । गैरसरकारी संस्था महासंघ र नागरिक समाजले मुख्यमन्त्री कार्यालय नजिक विरोध प्रदर्शन गरेको हो ।

१२ जेठको मन्त्रिपरिषद बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन मस्यौदा समिति गठन गरेको छ । उक्त समिति गठन भएपछि समिति नै खारेजीको माग गर्दै विरोध कार्यक्रम गरिएको हो ।

प्रदेश सरकारले पूर्वपदाधिकारीहरुलाई सेवासुविधा दिन कानुन ल्याउने तयारी गरेको सुनिएको गैसस महासंघका प्रदेश अध्यक्ष गोपाल खड्काले बताउनु भएको छ । उहाँले राजनीति लाई पेशा नबनाइयोस् साथै उक्त निर्णय तुरून्त फिर्ता लिन भन्नु भयो।

कतिपय नवनिर्वाचित जनप्रतिनिधिहरूले पाउने सुविधा सामाजिक क्षेत्रमा दिने र कतिपयले नलिने घोषणा गरेको भन्दै उहाँले सबैले सोही अभियान चलाउनुपर्ने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology