Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सिरानचोक र पालुङटारमा कार्यपालिकाले पायो पूर्णता (हेर्नुहोस् को—को निर्वाचित भए)


3.5K
Shares

सिरानचोक र पालुङटारमा कार्यपालिकाले पायो पूर्णता (हेर्नुहोस् को—को निर्वाचित भए)

गोरखा, २० जेठ । गोरखाको सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाको कार्यापालिकाले पूर्णता पाएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएका नगरसभाका सदस्यले कार्यपालिकाका लागि ८ सदस्य तथा गाउँसभाका सदस्यले कार्यपालिकाका लागि ६ सदस्य चयन गरेका हुन् ।

पालुङटारमा चार जना माओवादी, तीन जना कांग्रेस र एक जना एकीकृत समाजवादीको तर्फबाट गरी आठ जना नगरपालिकाको सदस्यमा निर्वाचित भएका छन् ।

नगरकार्यपालिकाको सदस्यहरुमा पार्वती नेपाली, हर्क बहादुर नेपाली, मिन माया लामा, अर्जुन विक, मिना सुनार, मनिका अधिकारी लिम्बु, पम्फा विक सुनार र देवी माया योगी निर्वाचित भएका छन् ।

उनीहरु गत जेठ १५ गते नगरकार्यापालिकाको सदस्यमा निर्वाचित भएको नगरपालिकाले जनाएको छ ।

यस्तै बिहीबार भएको निर्वाचनमा सिरानचोक गाँउपालिकाको कार्यपालिकाका लागी ६ सदस्य नै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताउनुभयो ।

निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा नेपाली कांग्रेसका रुमाया गुरुङ र मनमाया गुरुङ ३०/३० र शान्ती कुमाल र बिमला सिर्मल २९/२९ मतसहित विजयी हुनुभयो । प्रतिस्पर्धामा रहेका माओबादी केन्द्रका बृहस्पती विक र शुशिला गुरुङले १३/१३ मत प्राप्त गर्नुभयो ।

यस्तै, गाउँकार्यपालिकामा दलित तथा अल्पसंख्यक समुदायबाट चयन हुने २ सदस्य नेपाली कांग्रेसका दुर्गाबहादुर घले गुरुङ र लक्ष्मी मिजार २९/२९ मत सहित निर्वाचित हुनुभएको छ । सोही पदका लागि प्रतिस्पर्धामा रहेका नेकपा माओबादी केन्द्रका गजेन्द्रबहादुर कुमाल १३ र सुर्यप्रसाद नेपालीले १४ मत प्राप्त गर्नुभयो । यो संगै सिरानचोक गाउँपालिकाको १६ सदस्यीय कार्यपालिका र ४८ सदस्यीय गाउँसभाले पूर्णता पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology