Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेपाली व्यावसायी गोरखाका अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि उपाधी


4.5K
Shares

नेपाली व्यावसायी गोरखाका अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि उपाधी

गोरखा, २० जेठ । लामो समयदेखि रियल स्टेट ब्यावसायमा संलग्न नेपाली युवा ब्यावसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीवाट मानार्थ विद्याावारिधि (पिएचडी) उपाधी हासिल गरेका छन् ।

अर्यालले नेपाली समुदायमा रियल स्टेट ब्यवसाय मार्फत समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधी दिइएको युनिभर्सिटीले जनाएको छ ।

हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई सो युनिभर्सिटीले पिएचडीको उपाधी प्रदान गर्दै आएको छ । विजनेश एडमिनिष्ट्रेशनमा मानार्थ पिएडी उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यावसायी हुन ।

अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको ‘टप फाइप प्रतिशत’मा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन युनिभर्सिटीले उनलाई विद्यावारिधीको लागि छनौट गरेको थियो ।

पिएचडी उपाधी पाउनु गौरवको विषय भएको बताउदै ब्यवसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताउनु भयो । यो मेरो ब्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि हो, नेपाली समुदायको निम्ति अझ धेरै काम गर्ने प्ररणा मिलेको छ, अर्यालले भन्नु भयो ।

युनिभर्सिटी अफ स्यानफ्रान्सिस्कोका सह प्राध्यापक डा‍. टीका लम्सालले नेपाली व्यावसायीलाई युनिभर्सिटीले डक्टरेट डिग्री प्रदान गर्नु ब्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसि र गौरवको विषय भएको बताउनु भएको छ ।

सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया गएका थिए । उहाँले त्यहाँको माउण्टेन युनिभर्सिटी र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्री र विजनेश एडमिनिष्ट्रेशनको अध्ययन पुरा गरेका गरेका थिए ।

सन् २०१६ देखि रियलस्टेट व्यवसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरुविच लोकप्रिय युवा व्यवसायीको रुपमा परिचित छन् । उत्कृट ब्यवसायी भएवापत उहाँलाई सन् २०२१ मा इष्ट बे एशोसिएसन अफ रियल्टर्सले गोल्ड क्लव अवार्ड र सन् २०१८–२०२० टप प्रोड्युसर अवार्डवाट पुरस्कृत गरेको छ । अर्याल विगत ७ वर्षदेखि रियलस्टेट ब्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology