Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परिवारलाई बुझाइयो


2.4K
Shares

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परिवारलाई बुझाइयो

काठमाडौं, १९ जेठ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई बुझाएको छ ।

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।

निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology