काठमाडौं, १९ जेठ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ ।
हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २५० रुपैयाँ प्रति तोला थियो ।
हिजो सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको थियो ।