Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

काँग्रेस पनि एमालेजस्तै अहंकारी हुने हो कि भन्ने डर छ : प्रचण्ड


2.7K
Shares

काँग्रेस पनि एमालेजस्तै अहंकारी हुने हो कि भन्ने डर छ :  प्रचण्ड

काठमाडौं, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको काँग्रेसप्रति यस्तो आशंका व्यक्त गरेका हुन् ।

अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताउनु भयो । उहाँले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै बृहत्तर राष्ट्रिय हितका लागि केही काम गरेपनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गर्ने गरेको सुनाउनु भयो । उहााले एमालेसँग पनि गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भएपनि केपी ओलीको अहंकारले त्यो नटिकेको बताएका छन्।

प्रचण्डले आफुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपनि अहंकार चुलिने हो कि भन्ने चिन्ता लागेको बताउनु भएको छ । । ‘हामीले प्रधानमन्त्री बनायौ, मेहनत गरेरै बनाएको हो । उहाँ अहिले पनि भैराख्नुस् भन्ने छ । हाम्रो अर्थोक केही छैन, गठबन्धनलाई लाने नै भन्ने छ’, प्रचण्डले भननु भयो, ‘हामी चिन्तित छौ यतिबेला । फेरि काँग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि घेरा लाइयो अब प्रदेश र संघको चुनावमा पनि लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै काँग्रेसलाई पनि लगाउने दिन नआओस् भन्नेछ ।’

उहाँले अहंकार र दम्भले कहीं नपुगिने भन्दै राष्ट्र र जनताप्रति इमान्दार बन्न आग्रह गर्नु भएको छ । उहाँले अहंकार र दम्भ आए फेरि विद्रोह गर्ने भन्दै त्यस्तो नहोस् भन्ने अपेक्षा गरेको बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology