काठमाडौं, १८ जेठ । माटोको ढिस्कोले पुरेका दुई जना मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारी अनुसार बुधबार दिउँसो करिब १२ बजे संखुवासभाको चैनपुर नगरपालिका— १ नुनढाकी स्थित गुफापोखरी जाने सडकको छेउमा ग्याबियोन वाल राख्ने क्रममा माटोको ढिस्कोले दुई जना मजदुर पुरिएको थियो ।
माटोको ढिस्कोले पुरिएर सुनसरी धरान उपमहानगरपालिकाका ३५ वर्षीय रामकुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिकाका २० वर्षीय हेमबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो।
शव निकालेर चैनपुर अस्पतालमा पठाएको उहाँले बताउनु भयो ।