Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तारा एयरको विमान दुर्घटना : यात्रुको सबै शव फेला


5K
Shares

तारा एयरको विमान दुर्घटना : यात्रुको सबै शव फेला

काठमाडौं, १६ जेठ । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । जहाज दुर्घटनाग्रस्त अवस्थामा सोमवार बिहान फेला परेको थियो ।

भीरमा छरिएका सहित २२ वटै शव संकलन भएको हो ।

फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ ।

दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।

शवलाई पोखरा वा काठमाडौं ल्याउने प्रशासनको तयारी छ। शवको पहिचान भने भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology