Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कबड्डी—४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ


3.8K
Shares

कबड्डी—४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, १६ जेठ । कबड्डी—४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मिरूना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेको छ।

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका— २ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनु भयो।

उनले अभिनेत्री मगरमाथि अभद्र व्यवहार गरेको आरोप छ।

काठमाडौं महानगरपालिका—११ स्थित सिभिल मलको सातौं तलामा रहेको क्याफेमा बसिरहेको बेलामा नायिकामाथि अभद्र व्यवहार गरेको प्रहरी उपरीक्षक मैनालीले बताएका छन् । पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology