गोरखा, १५ जेठ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गर्नुभएको छ ।
बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताउनुभयो ।
आफु पनि यसै वर्ष ६८ वर्ष पुग्ने उहाँले बताउनु भएको छ । गरिब देशको नागरिकले ६८ वर्षदेखि वृद्धभत्ता लिन आफ्नो नैतिकताले नदिने हुनाले वृद्धभत्ता नलिने उहाँले घोषणा गर्नु भएको हो ।
समग्र रूपमा बजेट सकारात्मक भए पनि सामाजिक सुरक्षामा धेरै जोड दिनु गलत भएको उहाँको भनाइ छ ।
सरकारले वृद्धभत्ता नलिने नागरिकलाई सम्मान गर्ने पनि बजेटमा समेटिएको छ ।