Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध


4.8K
Shares

सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध

काठमाडौं, १४ जेठ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका—६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरूद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन्।

बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ। पहिरो पन्छाउने काम सुरू भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ।रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology