काठमाडौं, १४ जेठ ।रूखबाट लडेर रोल्पामा एक १६ वर्षीय किशोरको मृत्यु भएको छ।
गंगादेव गाउँपालिका वडा नं. ५ उदिनढुंगाका १६ वर्षीय थलराज वलीको रूखबाट लडेर मृत्यु भएको हो।
रोल्पा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार वली शुक्रबार बेलुका ७ बजेतिर घर नजिकैको रूखमा घाँस काट्न चढेको समयमा लडेर गम्भीर घाइते भएका थिए।
वलीलाई राति नै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा वलीको राति सवा १० बजेतिर मृत्यु भएको डिएसपी घिमिरेले जानकारी दिनु भयो।