Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बीटीएस ब्यान्डले अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेर एसियालीविरुद्धको आक्रमण रोक्न दबाब दिने


2.9K
Shares

बीटीएस ब्यान्डले अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेर एसियालीविरुद्धको आक्रमण रोक्न दबाब दिने

काठमाडौं, १३ जेठ । ग्रामी मनोनित चर्चित दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने भएका छन् ।

उक्त भेट हालैका दिनमा अमेरिकामा भएका एसियाली समुदायविरुद्धको आक्रमणका घटना रोक्न माग गर्नेतर्फ केन्द्रित हुने जनाइएको छ । कोभिड—१९ महामारीको समयमा एसियाली मुलुकका मानिसमाथि भएका आक्रमण रोक्न कार्य गर्ने प्रतिबद्धता राष्ट्रपति बाइडेनले गरिसकेका छन् ।

उहाँले सन् २०२१ मा एक कानुन ल्याउँदै एसियालीमाथिको आक्रमणका घटनालाई रोक्न, अनुसन्धान गर्नेतर्फ अघि बढ्ने बताएका थिए । पछिल्लो समय प्रबल गुरुङसहितका एसियाली फेसन डिजाइनरले समेत बाइडेन प्रशासनमाथि दबाब बढाएका छन् ।

सन् २०२१ मा बीटीएसले एसियाली समुदायविरुद्धका घृणाप्रेरित आक्रमण रोक्न भन्दै विज्ञप्ति जारी गरेको थियो । दक्षिण कोरियाले यसैवर्ष राष्ट्रसंघीय महासभामा पनि बीटीएसलाई विशेष सद्भावना दूतको रुपमा पठाएको थियो ।

बीटीएस ब्यान्डलाई दक्षिण कोरियाको ‘सफ्ट पावर’ समेत मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology