काठमाडौं, १३ जेठ । नेपाली बजारमा कारोबारको अन्तिम दिन शुक्रबार सुन—चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।
त्यसैगरी, सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य १० रूपैयाँ बढेर प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।