Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

काठमाडौंका मेयर बालेन र उपमेयर सुनितालाई केशव स्थापितले दिए बधाई


2.8K
Shares

काठमाडौंका मेयर बालेन र उपमेयर सुनितालाई केशव स्थापितले दिए बधाई

काठमाडौं, १३ जेठ । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार दिई पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाहलाई बधाई दिएका छन्।

जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उहाँले बताउनु भयो। आफु पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएकाले लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको उहाँको भनाई छ । काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधरमराएको पनि उनले उल्लेख गर्नु भएको छ ।

उहाँले केही कमजोरी भए भने निरन्तर खबरदारी गरिरहने पनि बताएका छन्। साथै उहाँले एमालेबाट उम्मेदवार भई उपमेयर निर्वाचित सुनिता डंगोललाई पनि बधाई दिएका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology