Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

५ वर्षअघि छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ


4.5K
Shares

५ वर्षअघि छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं, १२ जेठ । पाँच वर्षअघि छात्रालाई बलात्कार गरेको अभियोगमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।

कक्षा ९ मा अध्ययरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले बताउनु भयो ।

उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।

पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको थापाले जानकारी दिनु भयो ।

काठमाडौंमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

सार्वजनिक घटना अनुसार २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका—१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology