Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

अतिविपन्न परिबारको निः शुल्क स्वास्थ्य बीमा गराउने वडाअध्यक्ष अधिकारी घोषणा


2.2K
Shares

अतिविपन्न परिबारको निः शुल्क स्वास्थ्य बीमा गराउने वडाअध्यक्ष अधिकारी घोषणा

गोरखा, १२ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नं. ३ का नवनिर्वाचित वडाअध्यक्ष रविन्द्र अधिकारीले वडाको अतिविपन्न परिबारलाई वडा कार्यालयबाट निशुल्क स्वास्थ्य बिमा गराइदिने घोषणा गरेका छन् ।

नवनिर्वाचित वडाअध्यक्ष अधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले वडाभित्रका अति विपन्न समुदायलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको हो ।

उक्त वडाभित्र दलित र गरिब बिपन्न समुदायको बसोबास धेरै रहेको छ । यसअघि वडा सदस्य हुँदा पनि ज्येष्ठ नागरिक र रातोकार्डवाला अपांगहरुलाई घरघरमा पुगेर खोजीखोजी निशुल्क स्वास्थ्य वीमा गराउन मद्दत गरेको उहाँको भनाई छ ।

त्यसको महत्व र प्रभावकारिता धेरै रहेकाले आफू वडाअध्यक्ष भएपछि अतिविपन्न दलित तथा गैरदलित परिबारको निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको वडाअध्यक्ष रविन्द्र अधिकारी जानकारी दिनु भयो ।

आँपपीपल अस्पताल नजिक भएकाले स्वास्थ्य बीमा भएपछि उनीहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउनेमा आफु विश्वस्त रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology