Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा महँगो


3.8K
Shares

पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा महँगो

काठमाडौं, १२ जेठ । पेट्रोलियम पदार्थको मूल्य भारतको तुलनामा नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ ।

नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।

यसैगरी, रक्सौलमा डिजेलको मूल्य प्रतिलिटर १५३.४४ रुपैयाँ छ । नेपालमा भने डिजेलको बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम छ । जुन, भारतको तुलनामा प्रतिलिटर ९.५६ रुपैयाँले बढी हो । भारतले पछिल्लो समय निरन्तर पेट्रोलियम पदार्थको मूल्य घटाइरहेको छ ।

भारत सरकारले भर्खरै डिजेलपेट्रोलमा लाग्दै आएको अन्त शूल्क घटाएको थियो । जसले नेपालको तुलनामा भारततर्फ पेट्रोलियमको मूल्य सस्तो बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology