Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ


2.6K
Shares

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर, ११ जेठ । श्रीमतीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जेठ ६ गते मोरङ जहदा गाउँपालिका– २ बड्की बैरियाकी ३५ वर्षीय गीतादेवी राजभरको हत्या भएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले ४३ वर्षीय श्रीमान दिनेशकुमार राजभरलाई पक्राउ गरेको हो । गीतादेवीको मृत्युपछि फरार भएका उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनु भयो ।

घरायसी विवादमा काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ । उनलाई प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology