Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको छ : प्रधानमन्त्री देउवा


2.4K
Shares

बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको छ :  प्रधानमन्त्री देउवा

काठमाडौं, ११ जेठ । बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

उहाँले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन्।

आज नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताउनु भयो।

सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको जानकारी दिनु भयो।

सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेकोमा समेत ध्यानाकर्षण गराएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology