Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

वडाभरका विद्यार्थीलाई निःशुल्क डिप्लोमा तह सम्मको कम्प्युटर तालिम दिने वडाध्यक्ष गुरुङको घोषणा


10.7K
Shares

वडाभरका विद्यार्थीलाई निःशुल्क डिप्लोमा तह सम्मको कम्प्युटर तालिम दिने वडाध्यक्ष गुरुङको घोषणा

गोरखा, ११ जेठ । गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नंं. ७ का वडाध्यक्ष कृष्ण गुरुङले निःशुल्क डिप्लोमा तह सम्मको कम्प्युटर तालिम दिने घोषणा गर्नु भएको छ ।

आज बुधबार दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै वडा भित्रका प्लस टु पास गरेर बसेका इछुक विद्यार्थीहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ निःशुल्क डिप्लोमा तह सम्मको कम्प्युटर तालिम दिने उहाँले घोषणा गर्नु भएको हो ।

विशेष गरी आर्थिक अवस्था कमजोर भएकाहरुलाई आर्थिक भार नहोस् भनेर वडा भरीका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिइने निर्णय गरिएको उहाँले जानकारी दिनु भयो । ’ हाम्रो वडामा आर्थिक अवस्थाका कारण प्लस टु पास गरेर घर बस्नेहरु धेरै छन्,  उहाँले भन्नु भयो  ’ उनीहरुलाई स्वरोजगार बनाउनको लागी निःशुल्क डिप्लोमा तह सम्मको कम्प्युटर तालिम दिन लागेको हो ।’

साथै वडा भित्रका जेष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएकाहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने वडाध्यक्ष गुरुङले बताउनु भएको छ । यस्तै गरी दिर्घरोगी जेष्ठ नागरिकहरुलाई घरैमा पुगेर निः शुल्क स्वास्थ्य परिक्षण गरिने निर्णय पनि गरिएको उहाँको भनाई छ ।

अघिल्लो कार्यकालमा पनि वडा भरीका दिर्घरोगी तथा जेष्ठ नागरिकहरुको घरैमा पुगेर निः शुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । यसले उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी भई राख्ने हुनाले यसलाई निरन्तरता दिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology