Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए पदबाट राजीनामा


2K
Shares

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए पदबाट राजीनामा

काठमाडौं, ११ जेठ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनु भएको छ ।

स्थाबुधबार उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै अध्यक्ष पदबाट राजीनामा दिएको बताएका हुन्। मिश्रले आज प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् ।

गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिकामा मात्रै जित निकालेको थियो । त्यसबाहेक पहिले बलियो देखिएको स्थानमा पनि पार्टीले लज्जास्पद हार व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology