Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ


3.5K
Shares

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ

काठमाडौं, १० जेठ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनार्दन अधिकारी रहेका छन्। उनी कलेजका को—अर्डिनेटर हुन्। उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ।

पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो। शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। एक विद्यार्थीका अनुसार ती शिक्षकले एक महिनादेखि नै यौन दुर्व्यवहार गर्दै आएका थिए।

‘विद्यार्थीलाई शिक्षकले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यु बि माई सेक्स पार्टनर भनेका रहेछन्,’ ती विद्यार्थीले भनिन्, ‘त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिगेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिगेट गरिदिन्छु भनेका रहेछन्।’

ती विद्यार्थीले थपिन्,‘साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गरेको। कलेज फी, बस भाडा पनि लिन्नँ कसैलाई नभन् भनेका रहेछन्।’

अरू विद्यार्थीहरूमाथि पनि शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology