काठमाडौं, १० जेठ । सुनको मूल्य लगातार तीन दिन देखि स्थिर छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता आज सम्म सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अहिले छापावल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँमा कारोबार भई रहेको छ ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।
चाँदीको मूल्य गत बिहीबार यता बढेकै छैन भने सुनको मूल्य शुक्रबार केही मात्रै बढेको थियो ।
सुनको मूल्य स्थिर रहनुका कारण अन्तराष्ट्रिय बजार नै प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताउनु भयो ।