Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

१२ वर्षकी बालिका बलात्कृत, एक पक्राउ


2.3K
Shares

१२ वर्षकी बालिका बलात्कृत, एक पक्राउ

बुटवल, ९ जेठ । रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई पक्राउ गरेको छ।

मिठाइ खान दिने लोभमा फकाइफुलाई गरी बुटवल—११ देवीनगरस्थित रंगशाला नजिकै लगेर बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले रंगशाला नजिकै तिनाउ नदीको किनारबाट बलात्कारमा संलग्न पुरूषलाई पक्राउ गरिएको जानकारी दिनु भयो।

बुटवल उपमहानगरपालिका ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ नै घटनास्थलबाटै पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको केसीले बताउनु भयो।

उहाँका अनुसार पक्राउ परेका ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटक—पटक बलात्कार गरेको स्वीकारेका छन्। आइतबार साँझ बालिका चिच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी अभिभावकको साथमा घर पठाइएको केसीले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology