Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘प्रेम गीत ३’ आगामी दसैँमा प्रदर्शन हुने


2.3K
Shares

‘प्रेम गीत ३’ आगामी दसैँमा  प्रदर्शन हुने

काठमाडौं, ९ जेठ । नेपाली र हिन्दी भाषामा प्रर्दशन हुने फिल्म ‘प्रेम गीत ३’ आगामी दसैँमा आउने भएको छ। फिल्म असोज ७ गतेबाट प्रदर्शन हुने भएको छ।

फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन्।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

दुई वर्षअघि चैत २८ मा प्रदर्शन घोषणा गरिएको फिल्म कोरोना महामारीका कारण रोकिएको थियो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारको पनि अभिनय छ।

ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका छन्। फिल्मको तेस्रो भाग ‘परदेशी २’ सँग एकसाथ प्रदर्शन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology