Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भरतपुरमा अब ३२ हजार भोट गन्न बाँकी, रेनु दाहालको मत ३७ हजार ४६८


3.9K
Shares

भरतपुरमा अब ३२ हजार भोट गन्न बाँकी, रेनु दाहालको मत ३७ हजार ४६८

चितवन, ८ जेठ । चितवनको भरतपुर महानगरपालिकामा खसेको मध्ये अब करिब ३२ हजार भोट मात्रै गन्न बाँकी रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ५६६ मत खसेकामा ९५ हजार ३११ मत गणना भइसकेको हो । यस हिसावले अब ३२ हजार २५५ मत गणना हुन बाँकी रहेको छ ।

आइतबार दिउँसो प्राप्त मतपरिणामअनुसार ९५ हजार ३११ मत गरिसक्दा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार १५४ मतको अग्रता बनाउनु भएको छ । उहाँले ३७ हजार ४६८ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले २९ हजार ३१४ मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याउनु भएको छ।

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी जिततर्फ अघि बढि सक्नु भएको छ । उहाँले ३९ हजार ६३९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३ हजार २१२ मत पाउनु भएको छ । चितवनमा सत्ता गठबन्धन रहेको छ भने एमालेले पनि राप्रपासँग तालमेल गरेको छ । भरतपुरमा १ देखि २० नम्बर वडाको मतगणना सम्पन्न भइरहेको छ भने अहिले वडा नम्बर २१ को गणना चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology