Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालमा १० महिनाको अवधिमा ३५ अर्ब ७७ करोड मूल्यको सुन आयात


2.4K
Shares

नेपालमा १० महिनाको अवधिमा ३५ अर्ब ७७ करोड मूल्यको सुन आयात

काठमाडौं, ८ जेठ । विलासिताको वस्तुको बढ्दो आयातका कारण अर्थतन्त्र संकट उन्मुख रहेको भनिइरहँदा सुन आयातमा भने भारी वृद्धि देखिएको छ । भन्सार विभागको चलु आवको १० महिनाको तथ्यांक अनुसार यस अवधिमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन नेपाल भित्रिएको छ । जुन गत आवको यसै समयको भन्दा झण्डै १४ अर्बले बढी हो ।

गत आवको वैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो । गत आवको तुलनामा सुन आयातमा भएको वृद्धि ५२.५१ प्रतिशत हो ।

यस्तै सुनका लागि गरिने लगानीक वृद्धि ६८.६८ प्रशितले हो भने सुन आयातमा सरकारले आम्दानी गर्ने राजश्व वृद्धि ५३.९३ प्रतिशतले भएको देखिन्छ ।

गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो । तर, वैशाख दोस्रो साता वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेर आयातमा कडाइ गर्ने वस्तुको सूची सार्वजनिक गरे पछि सुनको एलसी खुल्न थालेको थियो । अहिले वाणिज्य बैंकमार्फत सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology