Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधनलाई प्रहरीले लियो नियन्त्रणमा


2.8K
Shares

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधनलाई प्रहरीले लियो नियन्त्रणमा

स्याङ्जा, ८ जेठ । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो।

आज पनि सार्वजनिक बिदा भएकाले अनुमतिबिना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उहाँले बताउनु भयो। शनिबार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन आज सार्वजनिक बिदा भएकाले सोमबार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उहाँले जानकारी दिनु भयो।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ।(रासस)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology