Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जेयाबीच भेटवार्ता


1.7K
Shares

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जेयाबीच भेटवार्ता

काठमाडौं, ८ जेठ । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेयाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नु भएको छ। चार सदस्यीय भ्रमण टोलीको नेतृत्व गरेकी उपमन्त्री जेयाले प्रधानमन्त्री देउवासँग आइतबार बिहान बालुवाटार पुगेर भेट गर्नु भएको हो ।

भेटका बारेमा प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिनु भएको छ । ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट्दा खुसी लागेको छ,’ देउवाले ट्वीटरमा लेखेका छन्, ‘भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ ।’

उहाँले आइतबार परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य सचिव शंकरदास वैरागीसँग भेट्ने कार्यक्रम छ ।

गत १७ मेदेखि भारत र नेपालको भ्रमणमा रहेकी उपमन्त्री जेया आजै अमेरिका फर्किने छन् । उहाँ भारतमा तीन दिन बिताएर शुक्रबार नेपाल आनु भएको हो । भारतमा जेयाले हिमाञ्जल प्रदेशस्थित धर्मशालामा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गर्नु भएको थियो ।

त्यसपछि उहाँले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरूसँग अन्तरक्रिया गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology