Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आजदेखि आइतबारसम्म कस्तो हुनेछ मौसम ?


2.9K
Shares

आजदेखि आइतबारसम्म कस्तो हुनेछ मौसम ?

काठमाडौं, ६ जेठ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू—भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ।

विभागका अनुसार शुक्रबारदेखि आइतबारसम्मको मौसम पूर्वानुमान यस्तो छः

२०७९ जेठ ६ गते (शुक्रबार)

दिउँसोः प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भू—भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातः प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यी प्रदेशका पहाडी भू— भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

२०७९ जेठ ७ गते (शनिबार)

दिउँसोः प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भू—भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७९ जेठ ८ गते (आइतबार)

दिउँसोः देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आंशिक बदली रहनेछ। प्रदेशका पहाडी भू—भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ।

रातीः देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology