गोरखा, ५ जेठ । गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४ सय ३ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी हुुनु भएको हो ।
उहाँका निटकतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत प्राप्त गर्नु भयो ।
यसैगरी उपाध्यक्ष पदमा पनि काँग्रेसकी उम्मेदवार रिता देवकोटाले ४ हजार ८ सय ४ मत प्राप्त गरि विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मदेवार पुर्ण कुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गर्नु भएको छ ।