गोरखा, ५ जेठ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ मा नेकपा माओबादी केन्द्रका उम्मेदवार रामकुमार गुरुङ प्यानलसहित विजयी हुनु भएको छ ।
माओबादीका उम्मेदवार गुरुङ ७ सय ११ मतका साथ वडाध्यक्षमा विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तम गुरुङले ३ सय ८१ मत प्राप्त गर्नुभयो ।
चार वडा सदस्यमा पनि माओबादी केन्द्रका उम्मेदवार नै विजयी भएका छन् ।