Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रेनु दाहाललाई भरतपुरको मेयरमा ३ हजार मतको अग्रता


2.9K
Shares

रेनु दाहाललाई भरतपुरको मेयरमा ३ हजार मतको अग्रता

चितवन, ५ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राख्नु भएको छ । ४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मतका साथ अग्रता कायम गर्नु भएको छ ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ४११ मत प्राप्त गर्नु भएको छ । दाहाल र सुवेदीबीच तीन हजार ८० को मतआन्तर छ ।

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ३८९ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९०५ मत पाएका छन् । उहाँका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले नौ हजार ९७८ मत प्राप्त गर्नु भएको छ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवारलाई राप्रपाको समर्थन छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology