Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटार नगरपालिकामा जारी मतगणना रोकियो


6.1K
Shares

गोरखाको पालुङटार नगरपालिकामा जारी मतगणना रोकियो

गोरखा, ४ जेठ । गोरखाको पालुङटार नगरपालिकामा जारी मतगणना रोकिएको छ । मतदान केन्द्रमा मुचुल्का तयार पर्दा मतदान पेटिकामा ५ वटा शिल लगाइएको उल्लेख भएपनि गणनाका लागि हेर्दा ४ वटा मात्र भेटिएपछि विवाद हुदा मतगणना रोकिएको हो ।

वडा नम्बर ६ स्थित पौवाटारमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा एउटा शिल नभएको भेटिएको नेकपा माओबादी केन्द्र पाइएको माओबादी केन्द्र पालुङटार नगरपालिकाका मयेर पदका उमेद्वार बिबस चिन्तनले जानकारी दिनुभयो ।

अन्य सवै वडाको मत गणना सम्पन्न भइसकेको पालुङटार नगरपालिकामा वडा नम्बर ६ को मात्र मतगणना बाँकी रहेको थियो । उहाँले अहिले सर्वदलिय बैठकबाट समस्याको समाधानका लागि छलफल भइरहेको बताउनुभयो ।

अहिलेसम्म नगरपालिकामा माओबादी केन्द्रका बिबश चिन्तनले ५ हजार ७८३ मत ल्याएर अग्रता जोगाइ राख्नु भएको छ । उहाँलाई जनता समाजबादी पार्टीका उमेद्वार प्रेमबहादुर गुरुङले ५ हजार ४२२ मत ल्याएर पछइरहनु भएको छ ।

मुख्य प्रतिस्पर्धी बिच पालुङटार नगरपालिकामा कुल ३ सय ६१ मतान्तर रहेको निर्वाचन कार्यलयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology