Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चुनावको दिन संसद् भवन अगाडि विष्फोट गराएको आरोपमा गोरखाका एकसहित ४ जना पक्राउ


4.6K
Shares

चुनावको दिन संसद् भवन अगाडि विष्फोट गराएको आरोपमा गोरखाका एकसहित ४ जना पक्राउ

काठमाडौं, ४ जेठ। गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको दिन एकाबिहानै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सिलिन्डर विष्फोटन गराएको अभियोगमा गोरखाका एकसहित चार जना पक्राउ परेका छन् ।

आफूहरुलाई नेपाल कम्युनिस्ट पार्टी (सिवादी) नामक समूह सदस्य बताउने गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरतकुमार राई पक्राउ परेका छन् ।

उनीहरुले चुनावका वेला आतंक सिर्जना गर्ने उद्देश्यले बिहान अन्दाजी २ बजेतिर सिलिन्डर ग्याँसमा आगो लगाएर विष्फोट गराएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताउनु भयो ।

एसपी मैनालीका अनुसार विष्फोट हुन लागेको सूचना पाए लगतै बानेश्वरबाट इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन गरिएको तर, प्रहरी पुग्नु केही मिनेट अगाडि मात्र विष्फोट भएको थियो ।

विष्फोटनबाट दृष्टि आँखा केन्द्र रहेको भवन र एक कन्सल्ट्यान्सी रहेको घरको शिशा फुटेको थियो । पक्राउ परेकामध्ये भरतकुमार यसअघि पनि हातहतियार तथा खरखजना, बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology