काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाउनु भएको छ ।
सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उहाँलाई पछ्याइ रहनु भएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाउनु भएको छ ।
तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह हुनु हुन्छ। उहाँले ५ हजार ११४ मत प्राप्त गर्नु भएको छ ।