गोरखा, ३ जेठ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ ।
माओवादी केन्द्रका उम्मेदवार तुलसी रेग्मी ७ सय ३३ मतका साथ वडाध्यक्षमा पुनः दोस्रो कार्यकालका लागी बिजयी हुनु भएको हो।
उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार निर बहादुर गुरुङले ३ सय ५९ मत प्राप्त गर्नु भयो ।
बाँकी चार जना वडा सदस्य पनि माओवादी केन्द्र बाटै बिजयी बनेका छन् ।