गोरखा, ३ जेठ। गोरखा नगरपालिका वडा नं १० मा कांग्रेसका उम्मेदवार प्रदिप कुँवर प्यानलसहित विजयी हुनु भएको छ ।
कांग्रेसका उम्मेदवार कुँवर ८ सय ६४ मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका कमान सिं राना मगरले ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।
बाँकी चार वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका छन् ।