गोरखा, ३ जेठ । गोरखाको भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा माओवादीका उम्मेदवार लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अमृता वस्ती निर्वाचित हुनु भएको हो । अध्यक्ष बन्जाराले ४ हजार ९८० मत प्राप्त गर्नु भएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार रोशन गुरुङले ४ हजार ८ सय ८५ मत प्राप्त गर्नु भयो ।
त्यस्तै, उपाध्यक्षमा पदमा भने नेपाली कांग्रेसकी वस्तीले माओवादी केन्द्रकी उम्मेदवार जुनु माया श्रेष्ठलाई पराजित गर्नु भएको छ । वस्तीले ४ हजार ९४९ मत ल्याएर उपाध्यक्षमा पदमा विजयी हासिल गर्नु भएको हो।
यस गाउँपालिकाको वडा नम्बर १, ५, ६,७ मा माओवादी केन्द्र बिजयी बनेको छ भने वडा नम्बर २,३,४ मा नेपाली कांग्रेस बिजयी बनेको छ ।