Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

शहीदलखन गाँउपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी


4.4K
Shares

शहीदलखन गाँउपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गोरखा, २ जेठ । गोरखाको शहीदलखन गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।

अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रमेश थापामगरले ५ हजार २५ मत प्राप्त गरेर दोस्रो कार्यकालका लागी पालिका अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनोजकुमार जोशीलाई १ हजार भन्दा बढी मतान्तरले पराजित गर्नुभयो । जोशीले ३ हजार ९४३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार ईन्दिरा तिवारी ४ हजार ६६९ मतका साथ बिजयी हुनु भएको छ ।

थापा र तिवारी पुनः दास्रो कार्यकालका लागी अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँहरु दुबै जना ०७४ को स्थानीय तह चुनाबमा पनि अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology