गोरखा, २ जेठ । गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ मा माओवादी केन्द्रका उम्मेदवार कृष्ण गुरुङ प्यानलसहित बिजयी हुनु भएको छ ।
उहाँले ६ सय ८५ मत प्राप्त गरेर दोस्रो कार्यकालका लागी वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।
उहाँका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार शिव गुरुङले २३९ मत प्राप्त गर्नु भएको छ ।
अन्य चार जना वडा सदस्य पनि माओवादी केन्द्रबाट नै निर्वाचित भएका छन् ।