गोरखा, १ जेठ । गोरखामा अहिले सम्म ३७ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । अन्य वडाको मतगणना जारी छ । सार्वजनिक मत परिणाम अनुसार जिल्लमा सबै भन्दा धेरै १८ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । यसैगरी नेपाली कांग्रेसले ११ वडा जितेको छ भने एमालेले ७ र जनता समाजवादी पार्टीले एउटा वडामा बिजयी हाँसील गरेको छ ।
गोरखा नगरपालिका वडा नं ४ मा माओबादी केन्द्र उम्मेदवार लालप्रसाद भट्टराई विजयी हुनुभएको छ । वडा सदस्यमा भने ३ जना एमालेबाट र एक जना कांग्रेसबाट विजयी बनेका छन् । पालुङटार वडा नंं २ मा माओवादी केन्द्रका कृष्ण थापा मगर प्यानलसहित बिजयी हुनु भएको छ भने १० मा माओवादी केन्द्रका रिखीराज धौराली बिजयी हुनु भएको छ । सदस्यमा भने एक जना खुल्ला नेकपा एमालेका उम्मेदवार र बाँकी ३ जना जना माओवादी केन्द्रका बिजयी भएका छन् ।
गण्डकी गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका तोपमान गुरुङ प्यानलसहित विजयी हुनु भएको छ भने २ मा माओवादी केन्द्रकै यमबहादुर थापामगर विजयी हुनु भएको छ । अजिरकोट गाउँपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार मनोज गुरुङ बिजयी हुनु भएको छ भने २ मा माओवादी केन्द्रका उम्मेद्वार कृष्णबहादुर गुरुङ प्यानलसहित बिजयी हुनु भएको छ । भिमसेन थापा १ मा माओवादी केन्द्रका विकास श्रेष्ठ विजयी हुनु भएको छ भने चार जना वडा सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
धार्चे गाऊँपालिका वडा नम्वर १ मा नेकपा माओवादी केन्द्रका रामसिं गुरुङ प्यानल सहित विजयी हुनुभएको छ भने २ मा माओवादी केन्द्रकै सरोज गुरुङ बिजयी हुनु भएको छ । शहिद लखन गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका सकुन थापा र ४ मा यम बहादुर थापाको प्यानलै विजयी भएको छ । शहिद लखन गाउँपालिका वडा नं ५ मा माओबादी केन्द्रका उम्मेदवार यमबहादुर राना विजयी हुनु भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा पूर्णबहादुर गुरुङ विजयी हुनुभएको छ भने अन्य ४ जना वडा सदस्य पदमा कांग्रेसबाट निर्वाचित भएका छन् । बारपाक सुलिकोट वडा नं ४ मा माओबादी केन्द्रका भिमबहादुर गुरुङ प्यानलसहित बिजयी हुनु भएको छ । चुमनुब्री गाँउपालिका ६ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
यस्तै नेपाली कांग्रेस गोरखा नगरपालिका १ मा हिक्मतबहादुर कुँवर र २ मा रहमतुल्ला मियाँ प्यानलसहित विजयी हुनु भएको छ । बारपाक सुलिकोट गाउँपालिका १ मा धनबहादुर घले र ३ मा बलबहादुर गुरुङको प्यानल नै बिजयी बनेको छ । अजिरकोट ४ मा कांग्रेसका जंगबहादुर गुरुङ प्यानल सहित बिजयी हुनु भएको छ । आरुघाट गाउँपालिका १,२, ३ मा कांग्रेसका उम्मेदवार प्यानलसहित बिजयी भएका छन् । १ मा गजे घले, २ मा रमेशकुमार लामिछाने, ३ मा टेकबहादुर अधिकारी प्यानलसहित बिजयी हुनु भएको हो ।
भिमसेन थापा २ मा कांग्रेसका नारायण प्रसाद भट्टराई र ३ मा ऋषि लामिछानेको प्यानलनै बिजयी भएको छ । शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिपक पाण्डे विजयी हुनु भएको छ । सिरानचोक गाउँपालिका १ मा काँग्रेसकी मनिता गुरुङ प्यानल सहित विजयी हुनु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका चुलबहादुर कुँवर प्यानलसहित बिजयी हुनु भएको छ । गोरखा नगरपालिका वडा नं ५ मा एमालेका उम्मेदवार खिलबहादुर राना विजयी हुनु भएको छ । आरुघाट गाउँपालिका वडा नं. ४ मा नेकपा एमालेबाट धनेन्द्र धमलाको प्यानल विजयी भएको छ । आरुघाट ६ मा नेकपा एमालेका उम्मेदवार राजिब गुरुङ बिजयी हुनु भएको छ । वडा सदस्यमा भने तीन जना एमाले र एक जना कांग्रेसबाट बिजयी भएका छन् । शहीदलखन गाउँपालिका वडा नं १ मा नेकपा एमालेका उम्मेदवार प्रेम गुरुङ सहित प्यानलै विजयी भएका छन् । धार्चे गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार शेर बहादुर गुरुङ विजयी हुनु भएको छ भने अन्य बाँकी चार जना वडा सदस्यमा माओवादी केन्द्रबाट बिजयी बनेका छन् ।
जनता समाजवादी पार्टीले संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहवडा पालुङटार नगरपालिका १ मा कृष्णबहादुर परियार प्यानल सहित बिजयी भएका छन् ।