गोरखा, १ जेठ । शहिद लखन गाउँपालिका वडा नं ५ मा माओबादी केन्द्रका उम्मेदवार यमबहादुर राना विजयी हुनु भएको छ ।
माओबादी केन्द्रका उम्मेदवार राना ५ सय १६ मतका साथ विजयी हुनुभएको हो ।
उहाँ वडाअध्यक्षको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सानुबाबु आलेले ३ सय ३६ मत प्राप्त गर्नुभएको छ ।