गोरखा, १ जेठ । गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर गुरुङ प्यानलसहित बिजयी हुनु भएको छ ।
गुरुङ ले १५ सय ३८ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशरीप्रसाद ढकालले ७ सय ८३ मत प्राप्त गर्नु भएको छ ।