गोरखा, १ जेठ । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिपक पाण्डे विजयी हुनु भएको छ ।
कांग्रेसका वडा अध्यक्षका उम्मेदवार पाण्डे ७ सय ३२ मत ल्याएर बिजयी हुनु भएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेश थापाले ६७७ मत प्राप्त गर्नुभएको छ ।