गोरखा, १ जेठ । गोरखाको आरुघाट गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार राजिब गुरुङ बिजयी हुनु भएको छ ।
एमालेका उम्मेदवार गुरुङले तीन सय ७० मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर थापाले तीन सय १० प्राप्त गर्नु भएको छ ।
वडा सदस्यमा भने तीन जना एमाले र एक जना कांग्रेसबाट बिजयी भएका छन् ।