गोरखा, १ जेठ । गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्रका उम्मेद्धार लाल प्रसाद भट्टराई बिजयी हुनु भएको छ ।
माओवादी केन्द्रका भट्टराईले ५ सय ९७ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका प्रतिद्धन्दीहरु नेपाली कांग्रेसका उम्मेदवार खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् । वडा सदस्यमा भने महिला, दलित र एक खुल्ला सदस्य एमालेले र अर्को एक खुल्ला सदस्य नेपाली काङ्ग्रेसले जितेको छ ।